१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

‘सबै प्रकारका महिला हिंसा कम गर्न कानुन निर्माण गरिने’

‘सबै प्रकारका महिला हिंसा कम गर्न कानुन निर्माण गरिने’
फाइल फोटो
अ अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रण गर्न आवश्यक कानुन निर्माण गर्ने बताउनुभएको छ ।

रङ्गेली नगरपालिकाद्वारा आज ३४औँ अन्तरराष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान–२०२५ अन्तर्गत  एकदिने किशोरी स्वास्थ्य परामर्श मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा प्रदेशमा सबै प्रकारको महिला हिंसा नियन्त्रणका लागि प्रदेशसभाबाट आवश्यक कानुन निर्माण गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले महिला हिंसा घृणित कार्य हो भन्ने कुरा सबै पुरुषले सङ्कल्प गरेमा समाजबाट यो हट्ने बताउनुुभयो । उहाँले किशोरीको महिनावारी बढ्दो उमेरसँगै यो प्राकृतिक प्रक्रिया भएकाले त्यसबेला परिवारका  अभिभावकले पोषिलो खाना, हौसला प्रदान एवं स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने सुझाव दिनुभयो ।

प्रदेश सरकार विद्यालय र क्याम्पसलाई लागूपदार्थ दुव्र्यसन मुक्त बनाउन, विद्यार्थीलाई नैतिकवान् बनाउन र समाजलाई चरित्रवान् बनाउन ‘म अघि बढ्छु’ अभियानलाई दिगो र स्थायी बनाउन कानुन निर्माण गरी सबै पालिकालाई सहभागी गराइने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले समाजबाट महिला हिंसा अन्त्य गर्न सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

इटहरी नगरपालिकाका प्रमुख दिलीप अग्रवाल (वगडिया), उपप्रमुख झुमाकुमारी निरौला, लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोखरेल निरौला, गैरसरकारी संस्था महासङ्घ मोरङका अध्यक्ष विष्णु शर्मा पन्त लगायतले समाजमा छोराछोरीबीच हुने भेदभाव र महिला हिंसा कम गर्न सबैले आ–आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने बताउनुभयो ।  रासस