१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको तीन सिटमा राष्ट्रियसभा सदस्यको निर्वाचन गरिने



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको  तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा  प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो । 

राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका सदस्यको खाली हुने स्थानमा निर्वाचन हुन लागेको हो । लुम्बिनीबाट महिलामा कोमल वली, अन्यमा दृगनारायण पाण्डेय र दलितमा रामलखन चमारको रिक्त स्थानमा निर्वाचन  हुन लागेको उहाँको भनाइ थियो ।

निर्वाचन आयोगले माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ ।लुम्बिनी प्रदेशसभाका सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुखसहित २१५ जना गरी २९६ मतदाताले मतदान गर्ने भएका छन् ।