२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले कुमारी र प्राइम बैंकलाई यसकारण सचेत गरायो



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई सचेत गराएको छ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई  नियम उल्लघंन गरेको भन्दै सचेत गराएको हो ।

राष्ट्र बैंकले कालोसूचिमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचिबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनैपनि किसिमको बैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्थाको अनुपालना नगरेकोले कुमारी बैंकलाई सचेत गराएको जनाएको छ ।

राष्ट्र बैंकले भनेको छ–‘राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) मा उल्लेखित व्यवस्था “कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन । को अनुपालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको ।’

यता, प्राइम कमर्सियल बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा वक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेमवर्क –२०१५ बमोजिम जोखिम भार गणना नगरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले कुमारी बैंकको सन्दर्भमा भनेको छ,‘निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २÷०८१ को बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेमवर्क  २०१५  बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको ।’

राष्ट्र बैंकका अधिकारीहरुले यो कारबाहीलाई आफ्नो नियमित काम कारबाहीका रुपमै अथ्र्याएका छन् ।