१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु



अ+ अ-

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ ।

नेकपा (एकीकृत समाजवादी) लगायत दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

आईतवार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका ८ दलले एकताका लागि सहमती पत्रमा हस्ताक्षर गरेका थिए । दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीले सो सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

भोली कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी एकताको घोषणा, त्यसको विधान र केन्द्रीय कार्य समिति गठन गर्ने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ । –न्युज एजेन्सी नेपाल