एजेन्सी । दिल्लीको एउटा केटा, जसको सपना थियो कि ऊ आर्मीमा गई देशको सेवा गरोस् । ऊ खेलकुदमा पनि निकै अगाडि थियो र आफ्नै कलेजको हकी टिमको कप्तान थियो । तर, एक दिन अचानक ऊ घाइते भयो र त्यसपछि उसको खेलकुद करियर सकियो ।
तर ऊ “जिरो”लाई निकै विशेष मान्थ्यो — किनकि “जिरो” नयाँ सुरुवातको प्रतीक हो । त्यसपछि उसले थिएटरबाट अभिनय सुरु गर्यो र केही वर्षमै ऊ बलिउडको सुपरस्टार बन्यो । हो, हामी कुरा गर्दैछौं शाहरुख खानको ।
जब शाहरुख १५ वर्षका थिए, उनका बुवाको निधन भयो । त्यसपछि सन् १९९१ मा, जब उनी २६ वर्षका थिए, उनकी आमाको पनि मृत्यु भयो ।
शाहरुखले अनुपम खेरको शोमा भनेका थिए कि जुन दिन उनकी आमाले अन्तिम सास लिइन्, त्यो दिन उनी दिल्लीको बत्रा अस्पतालको पार्किङमा बसेर दुआ पढिरहेका थिए । कसैले उनलाई भनेको थियो — “यदि लगातार दुआ पढिरह्यौ भने आमालाई केही हुँदैन ।”
शाहरुखले भने, “मलाई सय पटक दुआ पढ्न भनिएको थियो, तर मैले सय भन्दा बढी पटक पढें । मलाई यकिन थियो कि मेरी दुआ आमालाई रोक्नेछ ।”
तर त्यही बेला डाक्टर आए र भने — “तपाईं आईसीयूमा जान सक्नुहुन्छ ।” शाहरुख बुझिहाले कि अब आमाको अन्तिम घडी आइसकेको छ । उनी जान चाहँदैनथे, किनकि उनलाई लाग्थ्यो — यदि म दुआ पढिरहेँ भने आमा बाँच्न सक्छिन् । तर बहिनी र परिवारको आग्रहमा उनी भित्र गए ।
शाहरुखले पछि भनेका थिए — “मलाई लाग्छ, मान्छे तब मात्र संसार छोड्छ जब ऊ सन्तुष्ट हुन्छ, किनकि यदि सन्तुष्ट नहोस् भने आमा–बुबा आफ्ना बच्चा छोड्न सक्दैनन् ।” त्यसैले उनले आमालाई भने — “यदि तपाईं गइहाल्नुभयो भने म बहिनीको ख्याल राख्दिनँ, पढ्दिनँ, केही गर्दिनँ ।”
उनी सोच्थे — यदि आमालाई लाग्यो कि छोरा अझै अधूरो छ, तिनी फर्किन सक्थिन् । तर शायद आमालाई भरोसा थियो कि शाहरुख अब सबै सम्हाल्नेछन् । यही अधूरो इच्छा र आशीर्वादले शाहरुख खानको जिन्दगी बदलिदियो र उनलाई त्यो बनायो जुन सायद उनका आमाबुबाले पनि कल्पना गरेका थिए ।
प्रेमकथाः धर्मभन्दा माथि रहेको सम्बन्ध
शाहरुख खान र गौरीको प्रेमकथा प्रमाण हो कि माया संसारको सबैभन्दा ठूलो शक्ति हो — जसले धर्म र सामाजिक स्तरभन्दा माथि उठाउँछ ।
सन् १९८४ मा, जब शाहरुख १९ वर्षका र गौरी १४ वर्षकी थिइन्, उनीहरू दिल्लीको एक पार्टीमा भेटिए र शाहरुखलाई पहिलो नजरमै गौरीसँग प्रेम भयो । उनीहरूको प्रेमयात्रा सजिलो थिएन । धर्म र परिवारको विरोधका कारण धेरै समस्या आए ।
एक पटक गौरी, शाहरुखको अत्यधिक “पजेसिभ” व्यवहारले थाकेर मुम्बई गइन् । शाहरुख पनि उनीमाथिको प्रेमले मुम्बई पुगे र अन्ततः दुबै गोरेगाँव बीचमा भेटिए ।
गौरीको परिवारलाई मनाउन शाहरुखले पाँच वर्षसम्म आफू हिन्दू भएको झूट बोले । जब सत्य बाहिर आयो, उनले धेरै कठिनाइ झेल्नुपर्यो । अन्ततः दुबैको विवाह तीनपटक भयो । पहिलो कोर्ट म्यारिज, दोस्रो मुस्लिम रीति अनुसार निकाह, र तेस्रो पञ्जाबी शैलीमा ।
सन् १९९१ मा दुबै विवाह बन्धनमा बाँधिए । आज ३० वर्षभन्दा बढी समयपछि पनि उनीहरू बलिउडका सबैभन्दा बलिया दम्पतीमध्ये एक हुन् । उनीहरूले रेड चिलीज इन्टरटेन्मेन्ट नामक सफल प्रोडक्शन कम्पनी पनि चलाएका छन् । उनका तीन सन्तान — आर्यन खान, सुहाना खान र अबराम खान छन् । शाहरुखको घरमा सबै धर्मको सम्मान गरिन्छ र सबै पर्वहरू मनाइन्छ ।
सानो बाटो, ठूलो गन्तव्य
शाहरुखको करियरले सिकाउँछ — ठूलो सफलता सानो कदमबाट सुरु हुन्छ र जोखिम लिनु आवश्यक हुन्छ ।
उनले टेलिभिजनबाट करियर सुरु गरे — फौजी (१९८९), दिल दरिया (१९८८) र सर्कस उनका प्रारम्भिक शो थिए । यी शोहरूमा उत्कृष्ट अभिनयपछि उनलाई फिल्महरूका अफर आउन थाले र सन् १९९२ मा फिल्म ‘दीवाना’ बाट उनले बलिउडमा डेब्यु गरे ।
फिल्ममा आएपछि उनले मात्र हिरोको भूमिका खोजेनन्, बरु ‘बाजीगर’ र ‘डर’ जस्ता फिल्ममा खलनायकको भूमिका खेले र फरक पहिचान बनाए ।
‘डर’को समयमा सनी देओल स्टार थिए र शाहरुख नयाँ अनुहार । तर उनको दमदार अभिनयले उनलाई जनताको मनमा बसायो ।
१९९४ मा ‘बाजीगर’ का लागि उनले फिल्मफेयर अवार्ड जिते, र ‘डर’ र ‘अन्जाम’का लागि “बेस्ट भिलेन” श्रेणीमा पनि सम्मान पाए ।
शुरुका दिनमै शाहरुखमा आत्मविश्वासको कमी थिएन । उनले पत्रकार रजत शर्मालाई भनेका थिए — “जस्तो तपाईंले आफ्नो शो ‘आपकी अदालत’ मा राजेश खन्नालाई ल्याउनुभयो, त्यसरी नै मलाई पनि ल्याउनुहोस् ।”
जब रजत शर्माले उनलाई शोमा बोलाउने निर्णय गरे, टिम झस्कियो — किनकि उनीहरूले पहिले राजेश खन्ना जस्ता सुपरस्टार मात्र बोलाएका थिए । तर अन्ततः शाहरुख शोमा आए, र उनका उत्तरहरूले सबैलाई प्रभावित पारे ।
शाहरुखले पछि भनेका थिए — “यदि मसँग चाहने ५ हजार फ्यान थिए, त्यो रातपछि ५ लाख भए ।”
पुनरागमन र नयाँ उचाइ
सन् २०१४ पछि उनको यात्रा सहज रहेन । फ्यान (२०१६), जब हैरी मेट सेजल (२०१७) र जिरो (२०१८) अपेक्षित सफल भएनन् । जिरोको २०० करोड बजेट थियो तर कमाई १९१.४३ करोड मात्र भयो । त्यसपछि शाहरुखले फिल्मबाट ब्रेक लिए ।
तर साँचो “बाजीगर” कहिल्यै हार्दैन । २०२३ मा उनले तीन फिल्मका साथ भव्य कमब्याक गरे —
पठानः १,०५० करोड रुपैयाँ कमाई
जवानः १,१४८–१,१६० करोड रुपैयाँसम्म कमाई
डंकीः करिब ४७०.६ करोड रुपैयाँ कमाई
चार वर्षपछि उनको यस्तो पुनरागमनले आलोचकहरूलाई चुप पार्यो ।
उनी ५९ वर्षका उमेरमा पनि फिटनेस, ऊर्जा र एक्शन अवतारका कारण चर्चामा छन् । पठानका लागि उनले दुई वर्षसम्म कठोर प्रशिक्षण र डाइट अपनाए ।
शाहरुखले हालै धूम्रपान पनि छोडेका छन् । उनले भनेका थिए — “अब म स्मोकिंग गर्दिनँ । यद्यपि सास फेर्न अझै गाह्रो हुन्छ, तर समयसँगै ठिक हुन्छ भन्ने विश्वास छ ।”
दिल्लीको एउटा केटाबाट सुरु भएको शाहरुख खानको यात्रा आज विश्वका सबैभन्दा ठूला स्टारमध्ये एकमा रूपान्तरण भएको छ । उनले ९० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
‘दिलवाले दुल्हनिया ले जाएंगे’ भारतीय सिनेमाको सबैभन्दा लामो चल्ने फिल्म रह्यो, र ‘जवान’ सबैभन्दा बढी कमाउने फिल्ममध्ये एक बन्यो ।
शाहरुखलाई फिल्मफेयर, पद्मश्री र नेशनल अवार्ड जस्ता सम्मान प्राप्त छन् ।
जुन शाहरुखले पहिलो कमाइको रूपमा केवल ५० रुपैयाँ पाएका थिए, आज उनी विश्वका सबैभन्दा धनी कलाकार हुन् ।
हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार उनको कुल सम्पत्ति १.४ बिलियन डलर (करिब १२,४९ करोड रुपैयाँ) छ । जसले उनलाई आर्नोल्ड, टेलर स्विफ्ट, सेलेना गोमेज र टम क्रूजभन्दा अगाडि राख्छ ।










