२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन स्थल परिवर्तनः मंसिर ६ मा काठमाडौंमा जनसभा



अ+ अ-

काठमाडौं: नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ ।

शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बसेको केन्द्रिय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर आजको बैठकले स्थान परिवर्तन गरेर काठमाडौंमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।

एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ । महाधिवेशनका लागि ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गर्ने बताउनु भयो । प्रतिनिधि चयन आगामी मंसिर १३ गते शनिवार देशभर एकसाथ हुने बताउनु भयो । प्रतिनिधिहरुको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रिय कार्यालयमा पठाइसक्नुपर्ने बताउनु भयो ।

प्रतिनिधि चयनका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानिएको बताउनु भयो । एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १ हजार २ सय पार्टी सदस्य बराबर दुई जना खुला, एक जना महिला, एक जना ४० वर्ष मुनिका युवा गरेर हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा ४ जना निर्वाचित हुने बताउनु भयो । त्यसबाहेक अरेक ८ सय सदस्य संख्या थपिँदै जाँदा थप एक जना प्रतिनिधि चुनिने र त्यसमध्ये महिला अनिवार्य हुने बताउनु भयो । प्रतिनिधिमा न्युनतम एक तिहाई महिला सहभागिता गराउने दाबी गर्नुभयो ।

दलित पार्टी सदस्यहरुको हकमा उनीहरुका लागि जिल्ला निर्वाचनको इकाइ हुने र हरेक पाँच सय दलित प्रतिनिधिमध्येबाट एक जना प्रतिनिधि निर्वाचित हुने बताउनु भयो । आरक्षित क्षेत्रबाट (ट्रेड युनियन) मा प्रदेशलाई इकाई मानिएको र प्रदेशमा रहेका ट्रेड युनियनका पार्टीमा कार्यरत पार्टी सदस्यहरुमध्येबाट दुई जना महिला र पाँच जना खुला गरेर सात जना हरेक प्रदेशबाट निर्वाचित हुने बताउनु भयो ।

२३ वटा पार्टीका जनसंगठनबाट दुई जना महिला र तीन जना अनिवार्य हुने बताउनु भयो । महासंघीय ढाँचाका ६ वटा जनसंगठनबाट थप ७ जना प्रतिनिधि रहने बताउनु भयो । पार्टीका ३२ वटा विभागहरुबाट हरेक विभागबाट एक जना र केन्द्रिय कार्यालयबाट एक जना चयन हुने बताउनु भयो । पार्टीका प्रदेश कमिटीबाट  तीन जना खुला र दुई जना महिला गरी पाँच जना निर्वाचित हुने र प्रवासमा रहेका ६ वटा महादेशस्तरका संगठनबाट हरेकबाट पाँच जनाका दरले निर्वाचित हुने बताउनु भयो ।

९ सय ७० तल्लो संगठनहरुबाट, विशेष जिल्लाहरुबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट ३०, केन्द्रिय विभाग र कार्यालयबाट ३३, जनसंगठनबाट १२७ गरी करिव २ हजार १ सय सदस्य हुने बताउनु भयो । पदेनमा केन्द्रिय कमिटीबाट ३ सय ५४ जना, अनुशासनबाट २९, लेखाबाट ३०, निर्वाचनबाट २५ जना, सल्लाहकारबाट २५ जना गरी ४ सय ६४ जना पदेन प्रतिनिधि रहने बताउनु भयो ।

संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि जनपरिचालन गर्ने योजनाअनुसार देशभरका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभा गर्ने र काठमाडौंमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको बताउनु भयो । विधान महाधिवेशनबाट आएका सुझावहरुलाई परिमार्जन गरी कार्तिक २० गतेसम्म अन्तिम रुप दिने निर्णय भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल