२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्धनिर्मित फल्चा लथालिङ्ग अवस्थामा



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र निर्माणाधिन विभिन्न स्थानका फल्चाहरु अलपत्र परेका छन् ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा यात्रुहरूको सहज आवागमनका लागि निर्माण थालेका फल्चाहरु अहिले विभिन्न स्थानमा अर्धनिर्मित र अव्यवस्थित देखिएका हुन् ।

बानेश्वर, बबरमहल लगायतका स्थानका फल्चाहरु अहिले अर्धनिर्मित अवस्थामा रहेका छन् । काम अधुरै छोडिँदा ती संरचनाहरु जनसुरक्षा, ट्राफिक व्यवस्था र शहरी सौन्दर्यका हिसावले चुनौती बन्न थालेका छन् । काठमाडौंको मुटुमा अवस्थित मुख्य सार्वजनिक स्थलहरूमा यस्ता अधुरा फल्चाहरूको अवस्था हेर्दा नगरपालिकाको योजनागत कमजोरी, कार्यान्वयनमा देखिएको ढिलासुस्ती र उत्तरदायित्वको कमी स्पष्ट झल्किन्छ ।

राजधानीमा सार्वजनिक संरचना निर्माणको नाममा भइरहेका यस्ता कामहरूले शहरको भौतिक स्वरूपलाई बिगारिरहेका छन् । साथै आम नागरिकको सहज जीवनशैली र सुरक्षित यात्रामाथि समेत प्रश्नचिन्ह खडा गरिरहेका छन् ।