२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

केराका थामबाटै आम्दानी

केराका थामबाटै आम्दानी
अ अ+ अ-

महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् । यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ । यहाँका पर्वमध्ये तिहार र छठमा त झन् थरिथरिका कृषि उपज पूजा सामग्रीमा प्रयोग हुन्छन् । यीमध्ये तिहारमा केरा फलमात्र नभएर कोथाहरू नै बिक्री हुने भएपछि यो खेतीका किसानलाई अतिरिक्त आर्जनको अवसर बन्दै आएको छ ।

तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य चढाइने सामग्रीमा पर्छ । खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अघ्र्य ९अर्घ० दिँदा देखाइने चलनले पर्वभरि यसको माग निकै हुन्छ । तिहारमा लक्ष्मीपूजाका दिन त व्यापारिक प्रतिष्ठानले लक्ष्मी प्रवेशद्वार बनाउन केराका थामको प्रयोग गर्छन् । यो चलनले जिल्लाका मुख्य बजारमा केराका थामको बजार जम्दै आएको विगत छ । कतिपय ब्यापारीले केही दिन पहिले नै थामबापतको अग्रिम रकम दिएपछि यो नगदले आफ्नो पर्वका सामग्री खरिदमा सहयोग पुगेको केराखेतीका किसान बताउँछन् ।

“मैले त थामबापत बैना रकम नै पाँच हजार लिइसकेको छु”, भङ्गाहा–४ थारूटोल बनराका किसान रामधारीसिंह थारू भन्नुहुन्छ । तिहारको यो अवसर आपूmहरूका लागि खनेर फालिने कोथाबाट रकम प्राप्त हुनेहुँदा यो बेला पर्खाइमा रहने गरेको उहाँले बताउनुभयो ।

केराखेती गर्दा एक झ्याङ्मा तीनवटाभन्दा बढी कोथा बढ्न दिन नहुने किसानको अनुभव छ । “एक झ्याङमा तीनभन्दा बढी कोथा भए घरी राम्रो लाग्दैन, कोसा राम्रा हुँदैनन्”, अर्का किसान रामसुनरदेवी राय भन्नुहुन्छ, “यो त बढी भएका कोथा हामीले मजदुर लगाएर उखालेर फाल्नुपथ्र्यो, तर यो बेला कोथा बिक्री हुने भएर यो अवसर हाम्रो पर्खाइमा पर्छ ।”

पर्वको यो अवसरले उखाल्न लाग्ने खर्चको बचतसँगै कोथा बिक्रीबाट प्राप्त हुने रकम पुरस्कारजस्तै हुने गरेको राय बताउनुहुन्छ । यसै मौकामा केराको गोडमेल हुने गरेको किसानको भनाइ छ । यसैले यी पर्वलाई किसान केराको अमृत बेला भन्ने गर्छन् । पर्वका बेला केराका घरीले राम्रो दाम पाउने र उखालेर फाल्नुपर्ने कोथासमेत बिक्री हुनुले यो खास अवसर रहँदै आएको किसानको भनाइ छ ।

वर्षभरिमा एउटा केराका झ्याङमा पाँचसातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसान बताउँछन् । यसबेला स्वागतद्वारका लागि व्यापारीले लग्ने कोथा जोडीको रु तीन सयसम्म पाइने गरेको किसानको भनाइ छ । आपूmले कोथा बेचेर नै तिहारमा पछिल्ला तीन वर्षयता सालाखाला रु १० हजार पाएको भङ्गाहा–६ सग्रामपुरका सुवालाल राय यादव बताउनुहुन्छ ।

केराका थामको बजार लक्ष्मीपूजाको एक दिनअघिदेखि नै जम्ने गरेको छ । थामको स्वागतद्वार बनाउने चलन सहरबजार क्षेत्रमा भएको हुँदा जिल्लाका जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरासहितका बजार क्षेत्रमा ठूलै मेला जम्छ ।

मिथिला क्षेत्रमा तिहार र छठका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको अङ्ग बन्दै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

हिन्दू परम्पराका सबैजसो चाडपर्वको अनिवार्य प्रसाद सामग्री बन्ने र स्वास्थ्यका लागि लाभदायी यो फल बजारमा बाहै्रमास बेचबिखन भए पनि यहाँ यसको खेती भने निकै कम छ । घरकरेसा बारीमा एकाध केराका बोट देखिए पनि यसको व्यावसायिकखेती भने दुई सय ८० हेक्टरमा मात्र भइरहेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा केराखेतीका लागि अनुकूल हावापानी र माटो रहेको हुँदा किसानले यो खेतीमा तत्परता देखाए कार्यालयले प्राविधिक सहयोगसँगै उन्नत जातका बिरुवा सुलभ मूल्यमा उपलब्ध गराउन पहलकदमी लिनसक्ने कार्यालयका कृषिविज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ । रासस