२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल

च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’

च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’
अ अ+ अ-

काठमाडौँ । कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उहाँले लेखनमा सहकार्य गर्नुभयो । साथै छायाङकनमा समेत सहभागी हुनुभयो ।

कथामा लेखिएका शब्दलाई दृश्यमा उतार्ने अभ्यासलाई उहाँले नजिकबाट नियाल्ने अवसर प्राप्त गर्नुयो । फलत स् निर्देशक सुब्बाले लिम्बू समुदायको कथामा चलचित्र निर्माण गर्ने निर्णय गर्दै निर्देशन गर्ने हिम्मत पनि गर्नुभयो । त्यसैको परिणामत: उहाँको पहिलो निर्देशकीय चलचित्र ‘जारी’ व्यावसायिक रुपमा सफल भयो ।

“मलाई जारीको कथा पर्दामा उतार्न मन थियो । किनकि म त्यसलाई मायाको भावमा व्यक्त गर्न चाहन्थे । सोही कारण म निर्देशक बनेँ”, निर्देशक सुब्बाले भन्नुभयो ।

दोस्रो चलचित्र ‘मनसरा’ निर्देशन गर्नुभएका उहाँले तेस्रो चलचित्र ‘जारी २’ निर्देशन गर्नुभएको छ । ‘जारी’ कै शृङ्खलालाई निरन्तरता दिनुभएका निर्देशक सुब्बाले यसपटक जारीसँगै च्याब्रुङको कथालाई जोड्नुभएको छ । त्यसो त उहाँले ‘जारी’ को शृङ्खलालाई अगाडि नबढाउने घोषणा गर्नुभएको थियो । तर, सोही समुदायको कथा समेटिएपछि आफ्नै अडान छाड्नुभयो ।

“मैले ‘जारी’ लाई शृङ्खलाबद्ध रुपमा अगाडि नबढाउन चाहेको हो, तर च्याब्रुङको गीतको कथा आएपछि निरन्तरता दिएँ । साथीहरूसँग सल्लाह माग्दा पनि दोस्रो भाग बनाउँदा हुन्छ भन्ने सल्लाह पाएँ । म आफ्नै अडानबाट पछि हटेँ”, उहाँले भन्नुभयो ।

आगामी कात्तिक २१ गते प्रदर्शन हुने चलचित्र ‘जारी २ स् सङ अफ च्याब्रुङ’ मा समय बदलिए पनि उही समाज र संस्कृति छ । उही पात्र छन् तर ‘जारी’ मा देखाइएको समय भन्दा सात वर्ष बितिसकेको छ । यसका साथै पहिलो भागमा देखिएका कलाकार मध्येका एक विजय बराल दोस्रो भागसम्म आउँदा ‘पूर्णबहादुरको सारङ्गी’ का कारण आफ्नो लोकप्रियता बढाइसकेका छन् । तर, यस्ता कुराको दबाब निर्देशक सुब्बाले आफ्नो लेखनमा पर्न दिनुभएको छैन ।

“अभिनेता बरालसँग सहकार्य गरेको धेरै भईसक्यो, र उहाँ पनि सरल हुनुहुन्छ । त्यसकारण मैले उहाँको लोकप्रियतालाई पात्रमा हाबी हुन दिएको छैन । मैले यसपटक पनि राम्रो र सरल चलचित्र बनाउने कोसिस गरेको छु, पहिलो भागको व्यावसायिक दबाब लिएको छैन । मैले आफूमा लेखक र निर्देशकलाई मात्र हावी हुन् दिएँ । त्यहाँ निर्माताको केही चलेन”, निर्देशक सुब्बाले भन्नुभयो ।

आगामी दिनमा उहाँ ‘जारी’ नाम राखेर शृङ्खलालाई अगाडि नबढाउने सोचमा हुनहुन्छ, तर नबनाउने भनेर घोषणा गर्न सक्नुभएको छैन । किनकि सोही नाममा चलचित्र आउँदा त्यसले लोकप्रियतासँगै व्यावसयिक लाभ पनि प्राप्त गर्छ । तर, यस्ता कार्यले सर्जकको सिर्जनामा भने ह्रास ल्याउने उहाँको बुझाइ छ ।

“हामीले नयाँ सिर्जना गर्न सकेनौँ भने वा एउटै सिर्जनालाई तन्काउँदै लग्यौँ भने त्यसले अल्छी बनाउँछ । सर्जक अल्छी भयो भने त्यसको असर सिर्जनामा पर्छ । त्यस्तो हुन् नदिन मैले सक्दो मेहनत गरेको छु । यसअघिका सफलता बिर्सेर नयाँले झैँ काम गरेको छु, किनकि मेहनतले नै सफलताको नजिक पु(याउँछ”, उहाँले भन्नुभयो ।

निर्देशक सुब्बा चलचित्र लेखनसँगै साहित्यतर्फ पनि प्रसिद्ध हुनहुन्छ । एक हिसाबले उहाँ साहित्य र चलचित्रको पुल जस्तै हुनहुन्छ । साहित्यकारले हेर्दा चलचित्रलाई कस्तो देख्छ त रु उहाँले दुवै तर्फको भनाई बुझेर आफ्नो भाष्य बनाउनुभएको छ । “साहित्यको आँखाले चलचित्र हेर्दा समाजको कथा व्यक्त गर्ने शैली र पात्र निर्माणसँगै विम्ब निकै कम प्रयोग भएको जस्तो लाग्छ”, उहाँले भन्नुभयो, “यद्यपि थुप्रै साहित्यकारले चलचित्र हेर्ने गरेका छन् । तसर्थ साहित्यमा चलचित्रको प्रभाव छ, तर चलचित्रमा साहित्य कमजोर छ ।”

उहाँको आगामी चलचित्रमा दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुलगायतका कलाकारले अभिनय गरेका छन् ।  रासस