४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको महासचिवमा शर्मा ,गुरुङ र बस्नेतको दाबी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिवमा तीन नेताले दाबी गरेका छन् । महाधिवेशनबाट मनोनित भएका २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ । 

पदाधिकारी चयनका लागि ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा पहिलो केन्द्रीय समितिको बैठक बस्दैछ । अध्यक्षमा पुष्पकमल दाहालको नै निरन्तरता रहने पक्का पक्कि भएपनि अर्को प्रमुख पद महासचिवमा भने तीन नेताले अडान राखेका छन् ।

यस अघि महासचिबमा दाबी गर्दै आउनु भएका नेता वर्षामान पुनलाई उपाध्यक्ष बनाउने दाहालको तयारी रहेको उहाँ निकट एक नेताले जानकारी दिनुभयो । तर नेताहर जनार्दन शर्मा, देव गुरुङ र शक्ति बहादुर बस्नेत महासचिबका लागि अगाडी सार्नुभएको छ ।

दाहाल निकट एक नेताले भन्नुभयो, 'जनार्दन र वर्षामानले एक अर्कालाई स्वीकार नगर्ने भएका कारण शक्ति बस्नेतलाई अध्यक्षले अगाडी सार्नुभएको हो तर पार्टी भित्रको सन्तुलन मिलाउनका लागि देव गुरुङको सम्भावना बलियो देखिएको छ ।'