काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अदालतको आदेशअनुसार उनलाई सुन्धारास्थित केन्द्रीय कारागारभित्र रहेको जगन्नाथदेवल कारागारमा पठाइएको हो ।
महराविरुद्ध मंगलबार र बुधबार भएको बयान तथा थुनछेक बहसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो । उनलाई विमानस्थल भन्सारमा विद्युतीय चुरोट (भेप)मा लुकाइएको सुन छुटाउन दबाब दिएको आरोपमा पक्राउ गरिएको हो ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ ।










