५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध नेपालको बलियो सुरुवात, १० ओभरमै ७४ रन



अ+ अ-

काठमाडौं। नेपाल र वेष्ट इन्डिजबीचको युनिटी कपको दोस्रो खेलमा नेपालले १० ओभरमा ७४ रन बनाएको छ।

युएईस्थित शारजाह क्रिकेट मैदानमा नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी कपको दोस्रो खेलमा नेपालले १० ओभरमा ७४ रन जोडेको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले पावरप्लेमा ३ विकेट गुमाएको थियो। कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल ३ रनमा आउट भए भने कुशल मल्ल ७ रनमा रनआउट भए।

हाल क्रिजमा आसिफ शेख ४३ रन र सन्दीप जोरा १५ रन बनाएर खेलिरहेका छन्।