६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप फाइनल: पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। एसिया कप–२०२५ को फाइनलमा भारतविरुद्ध पाकिस्तानले १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडिययमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको हो।

पाकिस्तानका लागि ओपनर ब्याटर साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फखर जमानसँग ८४ रनको साझेदारी गरेका थिए। फखरले ३५ बलमा ४६ रन बनाए। यसबाहेक, सैम अयुबले १४ रन थपे । यसबाहेक, पाकिस्तानका अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुलदीप यादवले चार विकेट लिए । चार ओभर बलिङ गरेका कुलदीपले ३० रन खर्चिए । वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अक्षर पटेलले समान दुई विकेट लिए ।

यसै प्रतियोगितामा यी दुई टिमबीच दुई खेल भइसकेको छ । यी दुवै खेलमा भारतले पाकिस्तानलाई क्रमशः सात र ६ विकेटले पराजित गरेको थियो ।