३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता उपायबारे थाहा पाउनुहोस् जसले तपाईंको यौन शक्तिलाई बढाउँछ



अ+ अ-

एजेन्सी । गाँस, बास र कपासजस्तै यौनेच्छा पनि मानिसको आधारभूत आवश्यकता हो । तर नेपाली समाजमा अझै पनि यौनसम्बन्धी विषयमा खुलेर कुरा गर्न संकोच गर्ने प्रवृत्ति देखिन्छ । चिकित्सकहरूका अनुसार गलत खानपान, अस्वस्थ जीवनशैली र अत्यधिक तनावका कारण पछिल्ला वर्षहरूमा पुरुषहरूमा यौनसम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको छ ।

पुरुषमा यौन इच्छा कमी हुनु, लिङ्ग उत्तेजना नहुने, शीघ्र स्खलनजस्ता समस्या मुख्य रूपमा देखिने गरेका छन् । यस्ता समस्यालाई कम गर्न र यौनशक्ति वृद्धि गर्न निम्न १० उपाय उपयोगी मानिन्छन् :

१) व्यायाम
केगल्स एक्सरसाइजले यौनाङ्ग र नितम्ब वरिपरि रहेका मांसपेशीलाई बलियो बनाउँछ । यससँगै नियमित व्यायामले शरीरलाई तन्दुरुस्त राख्छ ।

२) ध्यान र योगाभ्यास
एनजाइटी र डिप्रेसनजस्ता मानसिक समस्याले पनि यौनक्षमता घटाउँछ । ध्यान र योगाभ्यासले मानसिक स्वास्थ्य सुधार गरी यौनजीवनलाई सुदृढ बनाउँछ ।

३) टेस्टेस्टेरोन बढाउने खानेकुरा
अण्डा, माछा मासु र ड्राइ फ्रुट्सजस्ता खानेकुराले शरीरमा टेस्टेस्टेरोनको स्तर बढाई यौन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

४) आयुर्वेदिक औषधि र सप्लिमेन्ट
अश्वगन्धा, गोक्षुर बीज, शीलाजीत, मुसली, अमला, यार्सागुम्बाजस्ता आयुर्वेदिक औषधिहरू चिकित्सकको सल्लाहमा सेवन गर्न सकिन्छ । ओमेगा क्याप्सुल, भिटामिन ई र कड लिभर आयलजस्ता सप्लिमेन्ट पनि लाभदायी हुन्छन् ।

५) धूम्रपान र मद्यपान त्याग
जाँडरक्सी र चुरोटको अत्यधिक सेवनले यौन स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यी दुर्व्यसन त्याग्नु जरुरी छ ।

६) पाचन प्रणाली सुधार
कब्जियत, अपच वा अरुचीले शारीरिक दुर्बलता ल्याई यौन क्षमता घटाउँछ । त्यसैले अत्यधिक चिल्लो, मैदा र जंक फुड कम गर्नुपर्छ ।

७) यौन क्रियाकलापमा अनुशासन
वैदिक मूल्य मान्यतालाई आत्मसात गर्दै अनुशासित यौन व्यवहारले उत्तम सन्तान प्राप्तिमा सहयोग पुर्‍याउने चिकित्सकहरूको भनाइ छ ।