३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र सिटीले बराबरी खेले



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा खेलको नवौं मिनेटमा नै सिटीले अग्रता लिएको थियो । एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

खेलमा निकै पकड जमाएको आर्सनलले बराबरी गोल भने अन्तिम समयमा फर्काएको थियो । इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको हार टारेका हुन् ।

यो नतिजापछि आर्सनल ५ खेलबाट १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी ७ अंकका साथ नवौं स्थानमा छ ।