२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलुङ्गे पुल निर्माणपछि एक सय ५६ घरधुरी लाभान्वित



अ+ अ-

तनहुँ। तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माणपश्चात् आवतजावतमा सहज भएको छ ।

पुल अभावमा समस्या भोगिरहेका यस भेगका जनताको माग सम्बोधन गर्दै यहाँ गत वर्षको असारमा पुल निर्माण गरिएको थियो । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र गण्डकी प्रदेश सरकारको सहयोगमा भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने गरी पुल निर्माण गरिएको हो ।

सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ र  स्थानीय उपभोक्ताको दुई प्रतिशत साझेदारीमा पुल निर्माण गरिएको भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले जानकारी दिनुभयो । कूल रु ७१ लाख ३१ हजार ५१८ को लागतमा पुल निर्माण गरिएको हो ।

यसमा नगरपालिकाबाट रु नौ लाख ३० हजार ४९७, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रमबाट रु ५४ लाख ७९ हजार ४६, गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख ८२ हजार ७४४ र स्थानीय उपभोक्ताबाट रु एक लाख ३९ हजार २३० लागत साझेदारी रहेको छ ।

एक सय २० मिटर लम्बाइको पुल निर्माणपछि यहाँका एक सय ५६ घरका नौ सय ३६ जना लाभान्वित भएका छन् । रासस