२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखबीच भेटघाट



अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री निवास जनकपुरधाममा भेटघाट गर्नुभएको छ ।

सो भेटघाटमा मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले राससलाई जानकारी दिनुभयो । मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि उत्पन्न समस्याका विषयमा छलफल भएको जनाइएको छ ।

साथै मधेस प्रदेशसभा सञ्चालनका लागि आवश्यक भौतिक संरचनासहितका अन्य संरचना निर्माणका विषयमा पनि छलफल भएको मधेस प्रदेशका सभामुख मण्डलको सचिवालयले जनाएको छ ।

मधेस प्रदेशसभाका सम्पूर्ण संरचना, संसदीय दलका कार्यालय, स्टोर, मुख्यमन्त्रीको कक्षसहितका संरचना जलेका कारण अहिले नै प्रदेशसभाको बैठक बस्न सक्ने अवस्था नरहेको सभामुखले मुख्यमन्त्रीलाई जानकारी दिनुभयो ।

आफ्नै पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीमाथिको विश्वासको मत फिर्ता लिँदै सरकारबाट फिर्ता हुन निर्देशन दिएका कारण मुख्यमन्त्री सिंहले संविधानअनुसार प्रदेशसभाबाट ३० दिनभित्रमा विश्वासको मत लिइसक्नुपर्ने छ । त्यसका लागि पनि मधेस प्रदेशसभाको बैठक आवश्यक छ ।