११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

जेनजी प्रदर्शनका क्रममा भएका घटनाप्रति मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त

जेनजी प्रदर्शनका क्रममा भएका घटनाप्रति मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त
अ अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्दै मुख्यमन्त्री बानियाँले नष्ट भएका संरचना सफा गरेर नागरिकलाई सेवाप्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“प्रदर्शनका क्रममा जनधनको क्षति हुनु, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी हुनु दुःखद् छ”, उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा यस्ता घटना नहुनुपर्ने थियो ।” क्षतिग्रस्त संरचनाको सरसफाइ गरेर शीघ्र सेवा प्रवाह गरिने उहाँले विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भौतिक पूर्वाधार मन्त्रालयलगायत क्षतिग्रस्त संरचनाको निरीक्षण गर्नुभएको थियो ।

प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवन, भौतिक पूर्वाधार विकास मन्त्रालयसहित प्रदेशका नौ वटा मन्त्रालय, ती मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । रासस