१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर फर्किन थाले बाढीबाट विस्थापित दोधारा–चाँदनीका स्थानीयवासी



अ+ अ-

कञ्चनपुर। बाढीका कारण विस्थापित कञ्चनपुरको दोधारा–चाँदनीका स्थानीयवासी घर फर्कन थालेका छन् ।

आइतरबारदेखिको अविरल वर्षाले बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएका विस्थापितहरु घर फर्किन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएका दोधारा–चाँदनी–१० शान्तीटोलका १२ घरपरिवारका ४० जना घर फर्किएका छन् । त्यसैगरी, जनज्योति माध्यमिक विद्यालयमा बसेका वडा नं ८ का  २५ घरपरिवारका ७० जना घर फर्किएको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।

“बस्तीमा जमेको पानी घटेपछि उनीहरु घर फर्किन थालेका हुन्”, उहाँले भन्नुभयो, “दोधारा–चाँदनी नगरपालिका–३ पटराखल्लाका १५ घरपरिवारका ५५ जना जमुना आधारभूत विद्यालय जमुनाघाडीमा बसेका छन् ।” कञ्चनपुरमा आइतबारदेखि लगातार तीन दिन भारी वर्षा भएपछि जोगबुढा नदीको बाढी बस्तीमा पस्दा दोधारा–चाँदनी नगरपालिकाका ५२ वटा घर डुबानमा परेका थिए ।

सो डुबानमा १६५ जना विस्थापित भएका थिए । बाढीले वडा १० र ७ मा रहेको सशस्त्र प्रहरीका दुई वटा बिओपीसमेत डुबानमा परेका परेका थिए ।

दोधारा–चाँदनी नगरपालिकाका प्रवक्ता हरिसिंह धनाडीले वडा नं ३ पटराखल्लाका बाढी विस्थापित अझै विद्यालयमा रहेको बताउनुभयो । “बस्तीमा पानी घटे पनि घरभित्र हिलो भएकाले  बस्न सक्ने अवस्था छैन”, प्रवक्ता धनाडीले भन्नुभयो, “उहाँहरू भोलीसम्ममा घर फर्किनुहुन्छ ।” विस्थापितको खानपानको व्यवस्थापन स्थानीय सङ्घसंस्थाको सहयोगमा दोधारा–चाँदनी नगरपालिकाले गरिरहेको छ ।

महाकाली नदी र जोगबुढा नदीले घेरिएको दोधारा–चाँदनी नगरपालिका हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । रासस