५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समुहद्वारा पाकिस्तानी नेता आरिफ वाजिरको गोली हानी हत्या



अ+ अ-

पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनलाई केही अज्ञात समूहले शुक्रबार दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा गोली हानेका थिए । घाईते नेता वाजिरलमई उपचारको निम्ती अस्पताल गगिएको थियो तर उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर उस्मान खानले जानकारी दिए । उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको र पछि इस्लामाबादस्थित नाम नखुलाइएको अस्पतालमा पुर्याइएको थियो ।

वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए । वाजिर आफ्नो घरमा टहल्दै गर्दा उनीमाथि गुडिरहेको गाडीमा सवार केही व्यक्तिले गोली हानेका थिए । अधिकारीका अनुुसार उनलाई अत्यधिक चोट लागेको थियो ।

सन् २००५ मा वाजिरका बुवा र दाइलाई पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । त्यसपछि उनीहरुसँग अन्य सातजनाको गोली हानेर हत्या गरिएको थियो । उनका तीन छोरा, दुई छोरी र एक श्रीमती छिन् ।