२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात समुहद्वारा पाकिस्तानी नेता आरिफ वाजिरको गोली हानी हत्या



अ+ अ-

पश्तुन ताहाफुज मुभमेन्ट (पिटिएम) का नेता आरिफ वाजिरको हत्या भएको छ । उनलाई केही अज्ञात समूहले शुक्रबार दक्षिणी वाजिरिस्तानको वाना स्थित आफ्नै घरमा गोली हानेका थिए । घाईते नेता वाजिरलमई उपचारको निम्ती अस्पताल गगिएको थियो तर उनको उपचारको क्रममा निधन भएको वानाका स्टेशन हाउस अफिसर उस्मान खानले जानकारी दिए । उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको र पछि इस्लामाबादस्थित नाम नखुलाइएको अस्पतालमा पुर्याइएको थियो ।

वजीर एक महिना अघि जमानतमा जेलबाट रिहा भएका थिए । वाजिर आफ्नो घरमा टहल्दै गर्दा उनीमाथि गुडिरहेको गाडीमा सवार केही व्यक्तिले गोली हानेका थिए । अधिकारीका अनुुसार उनलाई अत्यधिक चोट लागेको थियो ।

सन् २००५ मा वाजिरका बुवा र दाइलाई पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । त्यसपछि उनीहरुसँग अन्य सातजनाको गोली हानेर हत्या गरिएको थियो । उनका तीन छोरा, दुई छोरी र एक श्रीमती छिन् ।