३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा आयोगद्वारा सार्वजनिक सवारी साधनमा देवनागरी लिपि प्रयोग गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर) प्लेट अंग्रेजी भाषा र रोमन लिपिमा अनिवार्य जडान गर्नुपर्ने नेपाल सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सवारी साधनमा देवनागरी बाहेक अन्य लिपि प्रयोग गर्न दिने निर्णय नेपालको संविधान विपरीत भएको जनाउँदै तत्काल सच्याउन आग्रह गरेको हो ।

संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा आधिकारिक भाषा हुने स्पष्ट व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।

गत साउन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सवारी साधनमा इलेक्ट्रोनिक नम्बर प्लेट लगायतका सहूलियतमा रोमन लिपि प्रयोग गर्न सक्ने निर्णय गरेपछि भाषा आयोगले आपत्ति जनाएको हो ।

आयोगले सो निर्णय संविधानको धारा ७ को मर्म विपरीत भएको भन्दै सच्याउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले “संविधानले तोकेको दायित्वअनुसार देवनागरी लिपिमै विद्युतीय सहूलियत रहनुपर्छ” भन्ने निष्कर्ष आयोगको बैठकले गरेको जनाएका छन् ।

भाषा आयोगले यस विषयमा सरकारलाई पुनः ध्यानाकर्षण गराउँदै संविधानको पालनामा संवेदनशील हुन आग्रह समेत गरेको छ ।




भर्खरै