२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमवार राष्ट्रिय सभामा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरु सम्बोधन गर्न कठिन हुने अवस्था रहेको बताउनु भयो । उहाँले बजेट निर्माण गर्दैगर्दा जनप्रतिनिधिले समग्र देशका विकासका आयोजना जोडदार ढंगले उठाउने गर्नुभएको भन्दै माग सम्बोधन गर्ने चाहना हुँदा हुँदै पनि साधन र श्रोतको सिमितताका कारण पूरा हुन नसकेको बताउनु भयो । विधेयक पारित भएसँगै पूर्वाधारको क्षेत्रमा नयाँ ढोका खुल्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यतिबेला पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा छौँ । हामीसँग ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरु सम्बोधन गर्न कठिन हुने अवस्था छ । बजेट निर्माण गर्दैगर्दा जनप्रतिनिधिले समग्र देशका विकासका आयोजना जोडदार ढंगले उठाउने गर्नुहुन्छ, ति जायज मागहरु राम्रोसँग सम्बोधन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यस हिसावले जान श्रोतको सीमाले दिँदैन । आवश्यक ठानिएका योजना पनि सम्बोधन गर्न सकिँदैन ।’

उपप्रधानमन्त्री पौडेलले स्वदेश र विदेशको पुँजी परिचालन गर्ने र पूर्वाधार क्षेत्रमा लगानी गर्ने काममा सरकार लागेको बताउनु भयो ।