१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३१ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ ।

आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घेटेको छ ।