२९ भाद्र २०८३, सोमबार
,
Latest
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ४७ दिन जारि, संक्रमित भेटिने क्रम रोकिएन



अ+ अ-

काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनको आज ४७ दिन पुगेको छ ।  

गत चैत ११ गतेबाट जारी लक डाउन जेठ ५ गतेसम्म तोकिएको छ । यद्यपी लक डाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन् । लक डाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन् । 

सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन् । बैंकिङ तथा वित्तिय क्षेत्रहरुपनि सञ्चालनमा आउन थालेका छन् । 

नेपालमा अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय ३५ जना संकास्पद व्यक्ति विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।