२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिच्लर र शाहीको संयुक्त पहलमा दैलेखको विकट गाउँमा राहत वितरण



अ+ अ-

दैलेख । दैलेखको ठाँटिकाँध गाउँपालिका वडा नम्बर ५ का दलित तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । नोबेल कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका वडा नम्बर ५ का तोलिपाटा, बुढागाउँ लगायत क्षेत्रका विपन्न परिवारलाई राहत वितरण गरिएको हो । 

प्रति परिवार चामल १५ केजी, दाल एक केजी, नुन एक प्याकेट र तेल एक प्याकेट गरी करिब एक लाख रुपैयाँ बराबरको राहत वितरण गरिएको स्थानीय अगुवा टेकेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार राहतबाट करिब ६० परिवार लाभान्वित भएका छन् । राहत वडाध्यक्ष पंख बहादुर शाही लगायतको उपस्थितिमा वितरण गरिएको थियो । 

राहत पाएपछि खुसी भएका स्थानीयले राहत वितरण गर्नेप्रति आभार प्रकट गरेका थिए । अमेरिकी नागरिक अर्नेस्ट सिच्लरको आर्थिक सहयोग तथा स्थानीय युवा उपेन्द्र शाहीको पहलमा राहत वितरण गरिएको हो ।