२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गरिबका छोरा छोरीलाई गुणस्तरीय शिक्षा दिन सकिएन भने कम्युनिष्ट सरकारको औचित्य छैन : श्रेष्ठ



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य नेता नारायणकाजी श्रेष्ठले वर्तमान आवश्यकता र नया सोचका आधारमा बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न सरकारलाई सुझाव दिनुभएको छ  ।  

राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै नया आवश्यकता र नया सोचका आधारमा सरकारले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमबाट परेको आर्थिक प्रभावलाई मध्यनजर गरि बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने तर्क उहाँले गर्नुभयो । वर्तमान आवश्यकतालाई मध्येनजर नगर्दा निरन्तरको बजेट हुने भन्दै उहाँले त्यस तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । बजेटलाई अनावश्यक महत्वकांक्षी नबनाईकन आर्थिक अवस्थालाई चलायमान बनाउने गरि आकार निर्धारण गरिनुपर्ने तर्क उहाँले गर्नुभयो  ।

उहाँले भन्नुभयो “प्राथमिकता अमुर्त अमुर्त हुन खोज्दैछ । प्रि बजेट छलफलमा आएको त्यो वक्तव्यमा । यसैले प्राथमिकता स्पष्ट हुनुपर्छ । कोभिड १९ रोकथाम नियन्त्रण र उपचार, विपद् जोखिम न्यूनीकरण व्यवस्थापनका निम्ति आवश्यक व्यवस्थामा ध्यान हुनुपर्छ । त्यसको सेरोफेरोमा हामी मुक्ति पाईसकेका छौ भन्ने ठान्नुहुन्न । यो दिशा तर्फ जानुपर्छ । ”

उहाँले वर्तमान आवश्यकतालाई हेरेर बजेटका प्राथमिकता निर्धारण सही ढंगले गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ निरन्तरताको बजेट हुनुहुदैन । नया आवश्यकता, नया सोच र नया मोडको बजेट हुनुपर्छ ।”

उहाँले विकासको ढांचाले विभिन्न ७ वटा विशेषता बोकेको हुनुपर्ने बताउनुभयो । प्रकृतिमैत्री ,समावेशी वृद्धि,समााजिक न्याय, श्रमजीवी बर्ग केन्द्रीत  समाजवाद उन्मुख, मानवकेन्द्रीत भएर विज्ञान र प्रविधिको अधिकतम चिजहरुको उपयोग गर्ने,दीगो विकासको चरित्र बोकेको र आत्मनिर्भर अर्थतन्त्रको दिशा तर्फ जाने किसिमको विशेषता विकासले बोक्नुपर्ने बताउनुभयो । उहाँले विकास र प्रकृतिको सन्तुलन कायम गरिनुपर्ने ,मान्छे, विज्ञान प्रविधि लगायत सबै कुरा व्यापारको वस्तु ठानेर गरिने व्यक्तिमुखी समाज व्यवस्था संञ्चालन भन्दा जीवन दृष्टिकोण सहितको विकासको ढाचा र सामाजिक प्रणालीमा पनि नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले आत्मनिर्भर अर्थतन्त्रको दिशामा , लोकतन्त्रको रक्षा र मौलिक अधिकारको प्रत्याभुतिमा बजेटका सिद्धान्त केन्द्रीत गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । त्यसैगरी कोभिड १९ को रोकथाम, उपचारलाई प्रभावकारी बनाउने तर्फ योजना केन्द्रीत गर्नुपर्ने,राहत प्याकेज र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने विषयलाई पनि केन्द्रमा राखिनुपर्ने उहाँको तर्क थियो ।

गरिब, श्रमजीवी समुह केन्द्रीत राहत प्याकेज र समग्र आर्थिक पुनरुत्थानका लागि समग्र योजना सहितको आवश्यक प्याकेज दिन नसक्ने हो भने निरन्तरको बजेट मात्रै हुने भन्दै उहाँले कृषि क्रान्ति र हरित क्रान्तिमा केन्द्रीत गरेर योजना बनाउनुपर्नेमा जोड दिनुभयो । दलालहरुले खान नपाउने गरि बजार व्यवस्थापन,स्वदेशी र विदेशबाट फर्किएकाहरुलाई रोजगारी दिएर उत्पादनमा वृद्धि गर्ने  तर्फ पनि सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा, सामाजिक न्याय र मौलिक अधिकारको कार्यान्वयनमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । त्यसैगरी जनस्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकताको विषय बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “सार्वजनिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा आम जनताका छोरा छोरीले पाउने गरी अगाडि बढ्न सकिदैन र आंगिक क्याम्पसमा गुणस्तरीय शिक्षा दिन सकिन्न भने हामी कम्युनिष्ट सरकारको कुनै काम हुने स्थिति रहने छैन । ”

फरक प्रसंगमा उहाँले भारतले नेपालको पश्चिमी भुभागका केही स्थानहरु लामो समय देखि अतिक्रमण गर्दे आएको र लिपुलेक सम्म बाटो बनाउने काम गरेकोमा विरोध गर्दे तत्काल सो काम बन्द गर्न माग गर्नुभयो । उहाँले सिमा विवादको विषय राष्ट्रिय संवेदनशीलको विषय भएकाले पुर्व बजेटको छलफलको अतिरिक्त छलफलको व्यवस्था मिलाउनुपर्ने तर्क गर्नुभयो । उहाँले सदनमा प्रस्तुत भएको तर खारेज भईसकेको अध्यादेश त्रुटीपुर्ण भएको भन्दै आगामी दिनमा त्यसप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले परम्पराको दास नबनिकन संसद संञ्चालनको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।