१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री ज्यू, बामपन्थी साहित्यमा जेनेरल र पार्टिकुलर भनेको के हो ?



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकतालाई “मन चिन्तित झोला”को संज्ञा दिनुभएको छ ।  

सरकारले कोरोना भाइरसले श्रृजना गरेको समस्या सम्बोधन गर्ने गरि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गर्न नसकेको आरोप उहाँले लगाउनुभयो । राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै उहाँले सरकारका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकता ले विषम र विशेष परिस्थितिलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो  “सामान्य अवस्थाको यो दस्तावेज हो । कोरोना भाइरसले आक्रमण गर्नुभन्दा अगाडिको अवस्थमा यो दस्तावेज आएको भए यसमा कुनै नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था बन्ने थिएन । कोरोना भाइरसले आक्रमण गरिसकेको अवस्थामा यो खालको दस्तावेज आउनु कताकता वामपन्थी पृष्ठभूमिका हाम्रा अर्थमन्त्री ज्यूले आफै पनि बामपन्थी साहित्यमा जेनेरल र पार्टिकुलर भनेको के हो ? विशिष्ठ अवस्था भनेको के हो र ठोस अवस्था भनेको के हो ? यो कुरा बुझ्नमा उहाँ कन्फुयुज रहनुभएको अवस्था छ । यो दस्तावेज मन चिन्तित झोलाको रुपमा प्रस्तुत भएको छ । जहाँ जे पनि छ । के छैन यहाँ ? हरेक चिज छ यहाँ तर छरिएको छ । डाइलुसन छ । डिजेनेरेसन छ । त्यसकारणले यसलाई रिस्ट्रक्चर गर्नुपर्ने , रिओरियण्ट गर्नुपर्ने अवस्था छ । ”

उहाँले सरकारले कुल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थय क्षेत्रमा विनियोजन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । त्यसैगरी गरिब र तल्लो तहका जनतालाई भोकमरीबाट बचाउन २ खर्बको  राहत प्याकेज घोषणा गर्नुपर्ने, कालोबजारी रोक्न बजार हस्तक्षेप गर्ने गरि योजना बनाउनुपर्ने, स्वदेशमै वेरोजगार बनेका तथा विदेशबाट फर्कनेलाई रोजगारी श्रृजना गर्ने र कृषि उत्पादकत्व र रेमिट्यान्स बढाउने गरि प्राथमिकता निर्धारण गर्न सुझाव दिनुभयो । त्यसैगरी चिकित्साक्षेत्र र सुरक्षा निकाय थप मजबुत बनाउने गरि ती क्षेत्रमा बजेट बढाउन पनि उहाँले सुझाव दिनुभयो ।