२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छु, सर्वदलीय टोली बनाऔं : सुजाता कोइराला



अ+ अ-

काठमाडौं । सरकारलाई नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतसँगको सीमा समस्या समाधानका लागि सर्वदलीय वार्ता टोली गठन गर्न सुझाव दिएकी छन् । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी सांसद कोइरालाले सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वैठकमा सर्वदलीय वार्ता टोली बनाएपछि सबै दल एक ठाउँमा रहेको सन्देश जाने र भारतसँग कुरा गर्न सहज हुने भनाइ छ ।

उनले भनिन् ‘वार्ता टोली बनाउनुपर्छ । वार्ता टोलीमा सबै दलका प्रतिनिधि राख्नुपर्छ’ त्यस्तो वार्ता टोलीको नेतृत्व गर्न आफूसमेत तयार रहेको उनले बताइन् । ‘म नेतृत्व गर्न तयार छु । म भारतसँग वार्ता गरेर समाधान गर्न सक्छु जस्तो लाग्छ’ उनले भनिन् ।

भारतले बंगलादेशसँगको सीमा समस्या समाधान गरेको उदाहरण दिँदै उनले वार्ताबाटै नेपालले पनि समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताए।
 
सांसद कोइरालाले आफूले कालापानी भारतलाई लिजमा दिउँ भनेर प्रस्ताव गरेको बताइन् ।

‘करिब ६ महिनाअघि मैले विकल्पका रुपमा कालापानी भारतलाई लिजमा दिन सकिन्छ भनेको हुँ । कालापानी नै भारतलाई दिनुपर्छ भनेको होइन’ कोइराला भन्छिन्, ‘मैले विकल्प दिएको हुँ । अरु विकल्प के हुन सक्छ ल्याउनुस् न ।’

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक भएपछि केही समय त्यसबारे छलफल भएको र बीचमा कोही पनि नबोलेको भन्दै उनले सतहमा समस्या देखिँदा मात्रै बोलेर राष्ट्रवादी नभइने समेत धारणा राखिन् ।