२९ भाद्र २०८३, सोमबार
,
Latest
सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्यार्थी संघले राजधानीको माइतघरमा ओली र मोदीको पुत्ला दहन गरेपछि, हेरौ यी ९ तस्विर



अ+ अ-

काठमाडौं । दार्चुलाको लिपुलेकमा भारतले सडक बनाएको विरोधमा सोमबार काठमाडौंमा विभिन्न समुहले विरोध प्रर्दशन गरेका छन् । 

भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण गरी गत शुक्रबार उद्घाटन गरेपछि त्यसको विरोधमा नेपालमा विभिन्न समुहले प्रर्दशन गरेका छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारले कुटनीतिक पहल गरी भारतलाई नेपाली भूमिमा कुनैपनि गतिविधि गर्न नदिन भन्दै प्रदर्शन गरेको हो । 

सरकारले तत्काल कुटनीतिक पहल गरी भारतलाई नेपाली भूमिमा कुनैपनि गतिविधि गर्न नदिन र लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रमा आफ्नो उपस्थिति जनाउन नसकेको नेविसंघले जनाएको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएको अवस्थामा सडकमा प्रर्दशन गरेको भन्दै प्रहरीले नेविसंघका नेताहरुलाई पक्राउ गरेको छ । 

यस्तै आजै दिउँसो राष्ट्रिय सीमा रक्षा अभियानका अभियान्ताहरुले पनि भारतले नेपालको भूमिमा सडक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए । उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

तस्बिर : सविन धमाला