२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १३ जनामा कोरोना पुष्टि, सोमवारमात्रै २४ जना संक्रमित भेटिए



अ+ अ-

काठमाडौं । नेपालमा सोमबार थप १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६ जना कपिलवस्तु ६ जना रुपन्देही र बर्दियामा १ जना कोरोना संक्रमित भेटिएका हुन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। नेपालमा सोमबार एकैदिन २४ जना कोरोना संक्रमित भेटिएका छन् । 

योसँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ।