१४ भाद्र २०८३, आईतवार
,
Latest
भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने गरी विधेयकमा लेखौँः सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले शिक्षकहरुले अहिले सरुवाको दफामा शिक्षकहरुले आपत्ति जनाएको भन्दै खालि ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग लेखिनुपर्ने बताउनु भयो । उहाँले पाठ्यक्रममा प्रविधिको कुराहरु जोडिनु अपरिहार्य रहेको बताउनु भयो । प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने कुरा उल्लेख गरिएको भन्दै प्राध्यापकहरुलाई कुनै नयाँ संघसंगठन खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुले अहिले सरुवाको दफामा हामीलाई प्रदेश, जिल्ला, गाउँमा एक पटक अवसर दिइयोस् । हामी खालि भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ । जिल्ला, प्रदेश र गाउँको शिक्षकहरुले भन्नुभएको छ । यस्तो कुरा बुझिने गरी राखौँ । अब म कहिले पनि सरुवा हुन पाइँन भन्ने मान्छेलाई फाइदा गर्दछ । हामीले पाठ्यक्रममा अहिले अहिले जसरी भएपनि नयाँ प्रविधिको विकास भएको कुरा महशुस गर्नुपर्दछ । हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्वन गर्नेकुरा राख्नुपर्छ । प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरुले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ । कि त संघसंस्थामा आवद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ ।’

समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल जारी छ ।