२९ भाद्र २०८३, सोमबार
,
Latest
सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुुकुरी प्रहारबाट घाइते



अ+ अ-

तुलसीपुर । दाङमा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहारबाट तुलसीपुर उपमहागनरपालिका वडा नं ६ गोलौरा निवासी २९ वर्षीय टीकाराम बस्नेत र  २८ वर्षीय प्रकाश नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

तुलसीपुर –१२ एयरपोर्ट निवासी १९ वर्षीय सुरेश डाँगीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि  कोहलपुर सिफारिश गरिएको छ । बस्नेतका अनुहार र नेपालीका टाउकामा चोट लागेको छ । अभियुक्त डाँगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।