१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार ११ बजे स्थायी समिति बैठक बस्दै , दुबै पक्ष आ-आफनो रणनीति बनाउदै



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बोलाईएको छ । यस अघि बैशाख २६ गते बोईएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । 

सरकार र पार्टी बिच बढेको दुरी, नेताहरु बीचको असन्तुष्टि, सरकारले जारी गरेर बिरोध पछि फिर्ता लिएका दुई अध्यादेश र त्यस पछि उत्पन्न  परिस्थितीका बारेमा छलफल गर्न लामो समय पछि स्थायी समितिको बैठक बस्न लागेको हो । यस अघि बैशाख २० गते बसेको सचिवालयको बैठकमा नेताहरु बीच सहमति भएको भनिएपछि त्यो सहमति कार्यन्वयन  नहुदै फेरी असन्तुष्टि बढेको थियो । 

स्थायी समितको बैठक बोलाउन माग गर्दे २० जना भन्दा बढी सदस्यहरुले लिखित आग्रह समेत गरेका थिए ।  ४५ सदस्य रहेका स्थायी समितिको बैठक नबस्दा पार्टी भित्रको अन्तरसर्घष संसद , संसदिय समितिका बैठकहरुमा पनि देखिन थालेपछि बैठक बोलाईएको हो । सरकारको नीति तथा कार्यक्रम जेष्ठ २ गते पेश गर्ने र बजेट १५ गते पेश गर्ने तयारी भै रहदा पार्टी एक ढिक्का छ भन्ने संन्देश प्रबाहका लागि पनि बैठक बोलाईएको एक सचिवालय सदस्यले जानकारी दिए ।