२९ भाद्र २०८३, सोमबार
,
Latest
सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार सर्किट लागेर बन्द



अ+ अ-

काठमाडौं । शेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।  

कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ ।  सोही व्यवस्था अनुसार आज पनि बन्द हुने समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ । 

सेन्सेटिभ परिसूचक पनि २ दशमलव शुन्य एक प्रतिशतले घटेको छ । यस्तै ७४ वटा कम्पनीको २ सय ११ करोबारबाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको १० हजार ५ सय २६ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका ११ वटै समुहका सूचकहरु घटेका छन् । यस्तै कारोबार भएका सबै कम्पनीको शेयर मूल्य पनि घटेको छ । सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको ८ लाख ६२ हजार ९ सय ५० रुपैयाँको भएको छ । यस्तै लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ३ प्रतिशतले गुमाएका छन् ।