५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबिता मार्फत मित्रराष्ट्र भारतलाई शंकर अर्यालले दिए यस्तो सन्देश



अ+ अ-

प्रिय भारत भाईजी
तपाँई हामी छिमेकी
पुरानो  हाम्रो मित्रता
हजारौँ सालको सभ्यता
एउटै छ हाम्रो धर्म 
वैदिक हिन्दु सनातन
जन्म देखि मृत्यु सम्म
उहि संस्कार चिन्तन
राष्ट्र यो हाम्रो नेपाल
पार्श्वमा रम्य हिमाल
उत्तरचीन दक्षिण भारत

छिमेकी छन् दुई विशाल
सनातन धर्मको उज्वल
सूर्य चन्द्राङ्कित ध्वज
लिएर उभियो नित्य
वैदिक धर्म निर्मल
यसमा गर्व हुनुपर्छ
मित्र भारतलाई पनि

किनकि सांस्कृतिक आत्मा
दुवैको वैदिकै छ नि
गत लामो इतिहासको
दुखद घटनादिले
पराधीन बन्यो भारत
भयो स्वाधीन अहिले
खुशी छौँ हामी धेरै नै
देखी स्वतन्त्र भारत
वैदिक संस्कृतिको देश
बढेको  उन्नति पथ
वैदिक धर्म आदर्श
जगतकै मूल सभ्यता
जसका हौँ प्रणेता हामी
आपसमा राखौँ मान्यता

नेपाल देशको सम्मान
भारतले गर्नु पर्दछ
सांस्कृतिक दुई भाई
आपसमा मिल्नु पर्दछ
हुँदैन किचलो गर्न
सानो देशको सीमानामा
समझदारी देखियोस् है
कालापानी र सुस्तामा
सीमा क्षेत्रमा बारम्बार

नेपाली दुख पाउँछ
भारतजस्तो छिमेकीलाई
छैन है शोभनै अब
समान सांस्कृतिक दुई
पुराना सभ्यताहरु
अनावश्यक विवाद गर्दा
हाँस्ला संसार है बरु ११