१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल

लकडाउनमै करिब ४९ हजार मानिस कास्कीबाट बाहिरिए

लकडाउनमै करिब ४९ हजार मानिस कास्कीबाट बाहिरिए
अ अ+ अ-

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लकडाउनका समयमा कास्कीबाट ४८ हजार ८१७ जना बाहिरिएको तथ्यांक सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले भर्चुअल पत्रकार सम्मेलन गरेर गत चैत ११ देखि वैशख ३१ सम्म जिल्लामा ३२ हजार ६२४ मानिस बाहिरबाट आएको तथा सानाठूला १२ हजार ७१८ सवारी साधन भित्रिएको र कास्कीबाट १४ हजार ५१५ सवारी जिल्ला बाहिरिएको तथ्यांक रहेको छ।

सो समयमा पासको दुरुपयोग गर्ने २७३ जनालाई कास्की प्रहरीले कारवाही गरिएको जनाएको छ। त्यस्तै, सवारी चालक अनुमतिपत्र नलिएका, म्याद सकिएको पास प्रयोग गरेका, अर्कै व्यक्तिको सवारी पास प्रयोग गरेका, एउटा सवारी साधनको पास लिएर अर्को सवारी साधन चलाएका, तोकिएको स्थानभन्दा अर्कै स्थानमा सवारी चलाएका र क्षमताभन्दा बढी यात्रु बोक्ने र प्रयोजन विपरीत सवारी चलाउनेहरु कारवाहीमा परेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले गत वैशाख दोस्रो सातादेखि निर्माणलाई सहज बनाउने निर्णय गरेपछि पोखरामा लकडाउन केही खुकुलो देखिएको थियो। देशमा कोरोनाको संक्रमण दर बढ्न थालेपछि कास्की प्रशासनले वैशाख ३१ अघिका पास खारेज गरेर लकडाउनलाई कडाइ गरेको छ। यस अवधिमा अपराधसम्बन्धी ८५ मुद्दा दर्ता भएका छन्। गत चैतमा मात्र ६७ मुद्दा दर्ता भएका छन्। बैंकिङ कसुरका १० मुद्दा परेका छन्। वैशाखमा मात्रै कास्कीमा १० जनाले आत्महत्या गरेको जनाइएको छ। सौर्य दैनिक