१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

कोरोनाको कहरः कर्णाली प्रदेशमा भित्रिनेहरूको अनिवार्य पीसीआर विधिबाट परीक्षण

कोरोनाको कहरः कर्णाली प्रदेशमा भित्रिनेहरूको अनिवार्य पीसीआर विधिबाट परीक्षण
अ अ+ अ-

सुर्खेत । अब कर्णाली प्रदेशमा भित्रिनेहरूको अनिवार्य पीसीआर विधिबाट परीक्षण गरिने भएको छ। भारतबाट आएका दैलेखका एक युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश सरकारले यस्तो निर्णय गरेको छ। कर्णालीमा सोमबार पहिलो पटक दैलेखको आठविस नगरपालिकामा संक्रमण पुष्टि भएको हो। भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै प्रदेश सरकारले नाकामै थप सतर्कता अपनाउने निर्णय गरेको हो। जसअनुसार अब स्वदेश तथा विदेशबाट आउने सबै नागरिकको अनिवार्य पीसीआर विधिबाट परीक्षण हुनेछ। अब प्रदेशमा भित्रिनेहरूसँगै संक्रमण पनि भित्रिने भएकाले पीसीआर परीक्षणलाई अनिवार्य बनाइएको प्रदेश सरकारले जनाएको छ। यस्तै प्रदेशका सात सय १८ वटा वडामै पुगेर स्वाब संकलन गर्ने र कोरोना परीक्षण गरिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो। कर्णालीमा संक्रमण पुष्टी नहुँदासम्म आरडीटी र पीसीआर दुबै विधिबाट नमूना परीक्षण हुँदै आएको थियो। यस्तै परीक्षण पनि सुस्त थियो। तर संक्रमण देखिएपछि परीक्षणको दायरालाई बढाएर तीव्र बनाउने र अब प्रदेशमा भित्रिने सबै नागरिकको अनिवार्य पीसीआर परीक्षण गरिने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए। उनले भने,‘हालसम्म हाम्रो प्रदेशमा संक्रमण शुन्य थियो, तर दैलेखमा पहिलो संक्रमण पुष्टी भएको छ। यसले कर्णालीमा पनि जोखिम बढेको संकेत गरेको छ, त्यसकारण पनि हामीले अब स्वदेश र विदेशबाट कर्णाली भित्रिने सबैको अनिवार्य पीसीआर परीक्षण गर्ने निर्णय गरेका हौं।’

दैलेखमा क्वारेन्टाइनमा रहेका व्यक्तिमा संक्रमण देखिएको भन्दै उनले समुदायमा संक्रमणको खतरा आइनसकेको बताए। परीक्षणको दायरालाई तीव्र बनाइने भन्दै मन्त्री रावलले प्रदेश भित्रिने नाकामा अब बाहिरबाट आउनेहरूको अनिवार्य नाम दर्ता गर्ने, नाकामै आरडीटी परीक्षण गर्ने, सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइन अवधि पूरा भएपछि अनिवार्य पीसीआर परीक्षण गर्ने निर्णय भएको जानकारी दिए। प्रदेश सरकारले अब भारतबाट मात्र कम्तिमा २० हजार कर्णालीबासी भित्रिने आंकलन गरेको छ। उनीहरूसँगै संक्रमण पनि भित्रिने जोखिम रहेकाले अनिवार्य परीक्षण हुने प्रदेश सरकारको भनाइ छ।

हालसम्म कर्णालीमा जम्मा तीन हजार चारसय ३३ जनाको मात्र पीसीआर परीक्षण भएको छ। यस्तै, सात हजार पाँचसय ९१ जनाको आरडीटी परीक्षण भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशक रिता भण्डारीले भनिन्,‘अब भारतबाट धेरै कर्णालीबासी आउनेवाला छन्, उनीहरूको अनिवार्य पीसीआर परीक्षण गर्नेछौं।’

परीक्षणको दायरा बढाएमात्र संक्रमण रोकथाम गर्न सहज हुने भन्दै उनले वडा तहमा पनि स्वाव संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन्। कर्णालीमा संक्रमण देखिन थालेको भन्दै उनले हाल कर्णालीमा बिरामीको उपचारका लागि पाँच सय २० वटा आइसोलेसन बेड र २२ वटा आईसीयु रहेको बताइन्। साथै प्रदेश सरकारले सुर्खेत र जुम्लामा रहेका पीसीआर मेसिनको विश्वसनियतामा शंका नगर्न पनि आग्रह गरेको छ। अन्नपुर्णपोष्ट दैनिक