२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा बस्‍ने लमजुङका ३ वर्षीय बालकमा कोरोना संक्रमण



अ+ अ-

लमजुङ — लमजुङका ३ वर्षीय एक बालकमा कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखिएको छ । उनी हाल काठमाडौं बस्दै आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोरोना संक्रमणले पारेको प्रभाव र संक्रमण भएका व्यक्तिबारे जानकारी दिने क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट पहिलोपटक लमजुङका १ जनामा संक्रमण देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि तीव्र खोजी भएको थियो । कोरोना संक्रमण हुन सक्ने आशंकमा शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गर्दा ती ३ वर्षीय बालकमा कोरोना संक्रमण भएको जानकारी आएको उनले बताए । परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उनले बताए ।

प्रजिअ खड्काले लमजुङका ती बालक हाल काठमाडौं महानगरपालिका वडा नं. १६, वनस्थली बस्दै आएको बताए । बालकको परिवार कहिलेदेखि काठमाडौं बस्दै आएको भन्ने नखुले पनि पछिल्लो समय लमजुङ नआएको बुझिएको बताए । कान्तिपुर दैनिक