२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ पुरुष र ७ महिलामा देखियो कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । रुपन्देहीको नयाँमिलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका कोरोना संक्रमितको मृत्यु भएको समाचार स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ ।  

अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको भनि विभिन्न सञ्चार माध्यम र समाकाजिक सञ्जालमा आएको समाचार मन्त्रालयले खण्डन गरेको हो । मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले संक्रमितको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताउनुभयो । यो भन्दा पहिले पनि सञ्चारमाध्यमहरुमा विभिन्न कुराहरु आएको उल्लेख गर्दै उहाँले संवेदनशिल घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभो, ‘‘क्रिमसन अस्पतालमा उपचारको क्रममा रहेका व्यक्ति भेन्टिलेटरमा रहनुभएको छ । स्वास्थ्य अवस्था गम्भिर रहेको छ । यो भन्दा अगाडी पनि विभन्न सञ्चार माध्यममा विभिन्न कुरा आएका थिए । यस्ता समाचार प्रकाशन र प्रसारण गर्दा आधिकारिक सूचना प्रकाशन भएपछि मात्र गर्न आग्रह गर्दछु । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’’ 

मन्त्रालयका अनुसार बुधबार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १८ जना पुरुष र ७ जना महिला संक्रमित थपिएका हुन् । बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोसी अस्पतालमा उपचाररत उदयपुरमा रहेका ८ जना पुरुषहरु डिस्र्चाज भएका हुन् । उनीहरु २९ देखि ३३ औं दिनसम्म अस्पतालमा उपचररत रहेका थिए । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको उहाँले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ९ हजार ६ सय २२, प्रदेश नम्बर २ मा ६ हजार २ सय ३४ र बागमती प्रदेशमा १५ हजार ७ सय ३१ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा ९ हजार ७ सय ३९, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ र सुदूरपश्चिम प्र्रदेशमा १९ हजार ९४ वटा आरडिटी परीक्षण भएको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर ५ मा १४ हजार २ सय ६२ गरी देशभरी २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालयले स्वइच्छाले पीसीआर परीक्षण गराउन चाहानेहरुका लागि अहिलेसम्म शूल्क निर्धारण नभएको जनाएको छ । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय अहिलेसम्म शूल्क निर्धारण नभएको प्रवक्ता डा. देवकोटो बताउनुभयो । संक्रमितको संख्या बढिरहेका कारण पीसीआर परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।