१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

देशभरका क्वारेन्टाइनको अवस्था सुधार्नू : प्रधानमन्त्री

देशभरका क्वारेन्टाइनको अवस्था सुधार्नू : प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशभरका क्वारेन्टाइनको अवस्था सुधार गर्न निर्देशन दिएका छन्। कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) को कार्यालय अनुगमनका लागि बुधबार छाउनीस्थित कार्यालय पुगेका प्रधानमन्त्रीले क्वारेन्टाइनको व्यवस्थापनमा देखिएका समस्याका विषयमा चासो राख्दै अवस्था सुधार गर्न निर्देशन दिएका हुन्। मुलुकभरका क्वारेन्टाइनमा २३ हजार २ सय २ जना छन्। ‘देशभरका क्वारेन्टाइनको अवस्था राम्रो नभएका खबर आइरहेका छन्, क्वारेन्टाइनमा बसेका बाहिर निस्केर हिँडेका कुरा पनि आइरहेका छन्, किन त्यसो भइरहेको छ रु , क्वारेन्टाइनको व्यवस्थापनमा उल्लेख्य सुधार गर्नुहोस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने। ओलीलाई त्यहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवसमेत रहेका सीसीएमसी अप्सका संयोजक महेन्द्रप्रसाद गुरागाईँले अहिलेसम्मका अवस्थाबारे ब्रिफ्रिङ गरेका थिए। विदेशबाट सरकारले नागरिक ल्याउन गरेको तयारीका विषयमा पनि सीसीएमसीले अहिलेसम्म गरेको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।

विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याएपछि राखिने क्वारेन्टाइनका विषयमा क्षमता वृद्धि गर्न र आवश्यक तयारी गर्न प्रधानमन्त्रीले त्यस अवसरमा निर्देशन गरेका थिए। कति नेपालीलाई नेपाल ल्याउन सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्री सहितको बैठकमा छलफल भए पनि त्यसरी ल्याउने नेपालीमा हुने सम्भावित कोभिड संक्रमण र व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्रीले सीसीएमसीका प्रतिनिधिलाई निर्देशन दिएका थिए।

सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा दुई छुटाछुटै कमिटि गठन गरेर काम गरिरहेको छ। उच्चस्तरीय समितिले नीतिगत निर्णय गर्ने र कार्यक्षेत्रमै व्यावहारिक रूपमा परिचालन गर्ने गरी सीसीएमसी बनाएर सरकारले काम गरिरहेको छ। अन्नपुर्णपाष्ट दैनिक