१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

अधिकृतको कमाइ २६ करोड ६० लाखभन्दा बढी !

अधिकृतको कमाइ २६ करोड ६० लाखभन्दा बढी !
अ अ+ अ-

काठमाडौं । खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरेको खुलेको हो । अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले अर्याल तथा उनकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल, छोराहरू सुशील तथा सुनील अर्यालको नाममा विभिन्न स्थानमा रहेका सबै सम्पत्ति जफत गर्न विशेष अदालतसमक्ष माग गरेको छ ।

खर्च तथा लगानी के मा कति ?

  • घरजग्गा खरिदमा ५ करोड ४४ लाख ८५ हजार
  • घर निर्माणमा ४१ लाख
  • सेयर खरिदमा ९ करोड १३ लाख
  • छोराछोरीको अध्ययनमा २० लाख
  • विवाहमा २८ लाख
  • दान र सरसापटीमा ४ करोड ५० लाख
  • कर्जा चुक्तामा १ करोड ७६ लाख
  • विभिन्न फर्ममा लगानी ४ करोड ४२ लाख

अर्यालले विभिन्न समयमा गैरकानुनी रूपमा करोडौं सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरेकाले अकूत सम्पत्ति आर्जनमा छानबिनको माग गर्दै उजुरी परेपछि उनको सम्पत्तिमाथि अख्तियारले छानबिन गरेको थियो । छानबिनका क्रममा अर्याल खरिदार, सुब्बा हुँदै अधिकृत हुँदा काठमाडौंको साविक भीमढुंगा गाविसलगायत टोखा नगरपालिकाका कार्यालयमा मात्रै बसेर विभिन्न गैरकानुनी कार्य गर्दै भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ । उनले पद दुरुपयोग गरी आफैं कार्यरत रहेका गाउँपालिका तथा नगरपालिकामा रहेका जग्गासमेत आफ्नो र परिवारको नाममा बनाएको तथ्यसमेत खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले गरेको छानबिनमा उनले घरजग्गा खरिदमा ५ करोड ४४ लाख, घर निर्माणमा ४१ लाख, सेयर खरिदमा ९ करोड १३ लाख, छोराछोरीको अध्ययनमा २० लाख, विवाहमा २८ लाख तथा दान र सरसापटीमा ४ करोड ५० लाख रुपैयाँ लगानी गरेको पाइएको छ । अर्यालले आफुलेआर्जन गरेको भनिएकोमध्ये १७ करोडभन्दा बढीको लगानीको स्रोत खुलाउन नसकेकाले उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार सजाय तथा गैरकानुनी सम्पत्ति जफतको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । राजधानी दैनिक