२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम



अ+ अ-

काठमाडौं । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ ।  

पछिल्लो तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु  बढी जोखिममा देखिएका छन् । लक डाउनको ५९ औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जनामा प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका अन्य जिल्लामा पनि सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छ । लक डाउनको लामो समयसम्म चुपचाप बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । जोखिममा रहेर पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो ।

कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनु भन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको उहाँले बताउनुभयो । सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो ।  

सह प्रवक्ता अधिकारीले स्वास्थ्यकर्मीहरुलाई समेत सावधान भएर उपचारमा खटिन आग्रह गर्नुभएको छ । आफुले जानेका कुराहरु सावधानिका साथ व्यवहारमा लागु गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार अहिले सम्म काठमाडौंमा २, कपिलवस्तुमा २, धनकुटा र बारामा १÷१ जनामा प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १÷१ जना सशस्त्र प्रहरीलाई पनि संक्रमण देखिएको छ । प्रदेशन नम्बर २ मा भने नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

फिल्डमा कम जनशक्ति परिचालन गर्ने र कार्यावधि बढाउई सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन पनि दिएका छन् । बुधबार महानगरीय प्रहरी वृत कालिमाटी अन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसबाट सुरक्षाकर्मीहरुले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र काम गर्नुपर्ने देखिन्छ । प्रहरी मुख्यालयले पनि सोही अनुसार नै काम गर्न निर्देशन दिइसकेको छ ।