२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्स चलाएर बिरामी अस्पताल पुर्याउँदै वडाध्यक्ष



अ+ अ-

डोटी । एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैँ एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लाग्नुभएको छ । वडाध्यक्ष खड्काले आफैँले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पु¥याउनुभयो ।

खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि उहाँको उपचारका लागि वडाध्यक्ष खड्का आफैँले एम्बुलेन्स चलाएर ल्याउनुभएको हो । अस्पतालमा उपचार गर्न लैजाने गाडी नपाउँदा घरैमा बिरामले छटपटाउन थालेको खबर पाएपछि चालक नहुँदा आफैँले एम्बुलेन्स चलाएर बिरामी अस्पताल ल्याएको वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाडी नपाएर बिरामी आमाको बिचल्ली भएको रहेछ, चालक नहुँदा म आफैँ एम्बुलेन्स लिएर लिएर अस्पताल पु¥याएँ, उपचार पाउनुभयो ।” शैलेश्वरी अस्पतालका चालक घर बिदामा भएका कारण एम्बुलेन्स गाउँ लैजान सक्ने अवस्था नभएपछि वडाध्यक्ष खड्काले आफैँ एम्बुलेन्स लगेर बिरामीको उद्धार गर्नुभएको हो । वडाध्यक्ष खड्का एम्बुलेन्स चलाउन सक्ने र लाइन्सेन्स प्राप्त भएकाले आँट गरेर बिरामी लिएर आएको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिम कम गर्न राज्यले आह्वान गरेको लकडाउनका मारमा रहेको अवस्था वडाका सर्वसाधारणलाई छिटो र सहज उपचारका लागि आफँैले लैजाँदा केही नहुने सोचेर सेवाका भावले एम्बुलेन्स चालक बनेर सेवा गरेको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताका लागि सकेको सहयोग गर्ने प्रणका साथ मत मागेर चुनाव जितेको हो, जनताको मतको कदर गर्दै सकेको सहयोग गर्नु मेरो दायित्व ठानेर अध्यक्ष भए पनि एम्बुलेन्स चलाएर बिरामी लिएर आएको हुँ ।”