१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

कोरोनाको कहरः मनमोहनका बिरामी गणेशमानमा सारियो, मुटु सेवा स्थगित

कोरोनाको कहरः मनमोहनका बिरामी गणेशमानमा सारियो, मुटु सेवा स्थगित
अ अ+ अ-

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक जना हेटौंडाकी मुटुरोगीमा कोरोना संक्रमण प्रमाणित भएपछि संक्रमित बिरामीलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसन सेन्टरमा सारिइसकेको छ । उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका डाक्टर नर्स तथा अन्य कर्मचारीलाई ट्रेसिङ गरी क्वारेन्टिनमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मुटुरोगको उपचारका लागि ६ दिनअघि मनमोहन कार्डियोमा भर्ना भएकी हेटौंडा–४ हुप्र मकवानपुर स्थायी घर भएकी ५४ वर्षीया महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उहाँलाई हेटौंडा अस्पतालमा उपचार नभएपछि गंगालाल हृदय केन्द्रमा रिफर गरिएको र गंगालालले मनमोहन कार्डियोमा रिफर गरिएको बुझिएको छ । संक्रमित महिलाको शुक्रबार कोरोना पोजेटिभ प्रमाणित भएको थियो । यति बेला मनमोहन कार्डियोथेरासिकका विशेषज्ञलगायत धेरै स्वास्थ्यकर्मी संक्रमित महिलाको कन्ट्रयाकमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पुगेकाले हाललाई मुटुरोग सेवा स्थगित गरिएको अस्पतालले जनाएको छ ।

कन्ट्रयाक ट्रेसिङ गरी सबैको परीक्षण रिपोर्ट नआएसम्म सेन्टरले मुटुरोगको ओपीडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने निर्णयमा पुगेको अस्पतालका एक उच्च अधिकारीले जानकारी गराए । अहिलेसम्म कन्ट्रयाक ट्रेसिङमा झन्डै ३५ जना आइसकेका र थपिने क्रम जारी रहेकाले कुल संख्या यकिन भइनसकेको बुझिएको छ । संक्रमित महिला राखिएकै सीसीयू कक्षमा उपचार गराइरहेका अन्य ६ जना बिरामीलाई पनि त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनको कोभिड क्वारेन्टाइनमा सार्ने योजनासहित छलफल भइरहेको अस्पतालका एक चिकित्सकले जनाएका छन् । मनमोहन कार्डियोका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई भने कार्डियो थोरासिककै माथिल्लो तल्लामा र त्रिवि शिक्षण अस्पताल खाली ठाउँ या कुनै सुरक्षित ठाउँमा रहेका होटलको खोजी कार्य शुरू भएकोे स्रोतले जनाएको छ । ट्रेसिङमा ठूलो संख्या हुने भएकाले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुरूप पालना गर्दै दूूरी कायम गरेर बस्न ठूलो ठाउँको आवश्यकता हुन्छ ।

ग्रान्डीका संक्रमित पाटनमा

ग्रान्डी इन्टरनेसनल अस्पतालको ल्याबमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलसनमा सारिएको छ । कोरोना प्रमाणित भएका ती कर्मचारी ग्रान्डीको ल्याबमा काम गरिरहेका थिए । उनलाई कोरोना पुष्टि भएपछि पाटन अस्पतालको आइसोलसनमा लगिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी गराएका छन् । उनले ग्रान्डीका कर्मचारीको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको र दिउँसो पाटन अस्पताल लगिएको तथा उनी कार्यरत ग्रान्डी अस्पतालको सम्बन्धित विभाग मात्र सिल्ड गरी कन्ट्रयाक ट्रेसिङ शुरू गरिएको जानकारी गराए ।

शनिबार बिहान कोरोना पुष्टि भएका काठमाडौंका ३५ वर्षीय पुरुष ग्रान्डीका ल्याब कर्मचारी भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ग्रान्डी र मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा र ग्रान्डीमा संक्रमितसँग प्रत्यक्ष जोडिएको एरिया सिल्ड गरी निर्मूलीकरण गर्ने र कन्ट्रयाक टे«सिङ लिने कामलाई सुचारु राख्दै सेवा अवरुद्ध नहुने गरी काम गरिएको छ । नेपाल समाचारपत्र दैनिक