१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु

भेन्टिलेटर खोज्दाखोज्दै सुत्केरीको मृत्यु
अ अ+ अ-

काठमाडौँ । संखुवासभाबाट हेलिकप्टरमा काठमाडौं ल्याएकी सुत्केरीको उपचार गर्न भेन्टिलेटर नपाउँदा शुक्रबार राति मृत्यु भएको छ । थापाथलीस्थित प्रसूतिगृहमा शुक्रबार साँझ साढे ५ बजे ल्याइपुर्‍याइएकी खाँदबारी–६, पाँठाकी ३२ वर्षीया गंगा कार्कीको भेन्टिलेटर खोज्दाखोज्दै मृत्यु भएको हो । ‘हाम्रो अस्पतालमा न्युरोसम्बन्धी उपचार हुँदैन, सुत्केरीलाई भेन्टिलेटरसहितको उपचार आवश्यक थियो,’ अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भने, ‘हामीले न्युरोको उपचार हुने र भेन्टिलेटर भएको पाटन, वीर र टिचिङ सबै सरकारी अस्पतालमा फोन गरेर बिरामी भर्ना लिन आग्रह गर्‍यौं तर कतै पनि लिएनन् ।’ उनका अनुसार अस्पताल ल्याउँदासम्म गंगाको उपचारमा निकै ढिला भइसकेको थियो । जटिलताका कारण उनको टाउकोमा असर परिसकेकाले भेन्टिलेटर आवश्यक थियो । उनका अनुसार कार्कीलाई एक सय डिग्रीभन्दा बढी ज्वरो पनि थियो ।

एक साताअघि सुत्केरी बेथा लागेपछि कार्कीलाई संखुवासभाको खाँदबारी अस्पताल पुर्याइएको थियो । परिवार स्रोतका अनुसार उनको गर्भ आठ महिना मात्रै पुगेको थियो । उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको पत्ता लागेपछि अस्पतालले उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज रिफर गरेको थियो । नोबेलमा उनले मृत शिशु जन्माएको सासू जानुका कार्कीले बताइन् । ‘प्रेसर बढेको भनेर बुहारीको अपरेसन पनि भएन,’ उनले भनिन् । अपरेसन नभएपछि अस्पतालले भ्याकुमको सहायताले मृत बच्चा निकालेको थियो । उपचारमा मात्रै चार लाख खर्च भएपछि अस्पतालले थप उपचार सम्भव नभएको भन्दै घर पठायो ।

परिवारले उनलाई एम्बुलेन्समा गाउँमै लगे । गाउँलेले काठमाडौं लगेर ज्यान बचाउन आग्रह गरेपछि सासू जानुकाले बुहारी बचाउने सकिने आशामा हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरिएको हो । ‘महिलासम्बन्धी काम गर्ने संस्थाले सरकारी हेलिकप्टर बोलाइदियो,’ उनले भनिन्, ‘हेलिकप्टर आउन्जेल फेरि खाँदबारीमै बुहारीलाई स्लाइन पानी चढाएर राखियो, आखिर उनलाई बाँच्न लेखेको रहेनछ ।’ काठमाडौं ल्याए पनि बुहारीलाई बचाउन नसकेपछि उनी चिन्तित छिन् । ‘यहाँ उपचार नहुने भएपछि डाक्टरले अरू अस्पतालमा बुझे तर कतै पनि भर्ना लिएनन् । बुहारीलाई बचाउन सकिएन,’ उनले भनिन् ।

उनी बुहारीको शव कुरेर प्रसूतिगृहमै बसेकी छन् । उनलाई साथ दिन काठमाडौंमा रहेका आफन्त पनि आइपुगेका छन् । कोरोनाको अन्य लक्षण नभए पनि परिवारलाई शव जिम्मा लगाउनुअघि परीक्षणका लागि उनको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट नआएसम्म शव अस्पतालमै राखिने उनले बताए । संक्रमणको जोखिम बढेसँगै अस्पतालमा मृत्यु हुने सबैको परीक्षण गर्नुपर्ने भएकाले यस्तो गरिएको उनले जनाए । गंगाका श्रीमान् रोजगारीका लागि कतारमा छन् । अघिल्लो दसैं मानेर उनी कतार गएका थिए । ‘आमाको काख खोसियो, बाउ लकडाउनमा विदेशमा फस्यो,’ जानुकाले भनिन्, ‘म बूढीले आफूलाई सम्हाल्नु कि टुहुरा बालक ?’ गंगाको ९ र १२ वर्षका दुई छोरा छन् ।

सुत्केरी बेथाले छट्पटाइन् तर छुट्टिएर बसेका सासूससुरालाई खबर गरिनन् । बेथाले मुच्र्छा परेको २४ घण्टापछि मात्रै आफूले थाहा पाएको जानुकाले बताइन् । ‘बेथा लाग्नेबित्तिकै भनेको भए बेलैमा अस्पताल लगिन्थ्यो,’ उनले भनिन् । गंगाले एक सातादेखि खान र बोल्न छाडेकी थिइन् । ऋण खोजेर उनले बुहारीलाई चार दिन अस्पतालको आईसीयूमा भर्ना गरेर राखेको बताइन् ।

मृत्युपछि क्यान्टिन र अस्पतालबाहिर जान रोक

सुत्केरीको मृत्युको हल्लाले अस्पतालमा केही त्रास फैलिएको छ । शनिबार दिउँसो कान्तिपुरकर्मी प्रसूतिगृह पुग्दा मानिसहरू कोरोनाले सुत्केरीको मृत्यु भयो भनेर हल्ला गरिरहेका थिए । परिवारका सदस्यलाई अस्पतालबाहिर जान र क्यान्टिनमा समेत निषेध गरिएको थियो । स्वास्थ्यकर्मी र अस्पताल आवतजावत गर्नेलाई सम्भावित संक्रमणबाट बचाउन यस्तो गरिएको डा. गौतमले बताए । कान्तिपुर दैनिक