१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

संक्रमितको स्पष्ट ठेगाना नखुलाउँदा ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट्रयाकिङ’ गर्न सकस

संक्रमितको स्पष्ट ठेगाना नखुलाउँदा ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट्रयाकिङ’ गर्न सकस
अ अ+ अ-

काठमाडौं । सरकारले संक्रमितको स्थायी र अस्थायी ठेगाना स्पष्ट रूपमा नखुलाउँदा ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट्रयाकिङ’ गर्न सकस बन्दै गएको छ । संक्रमितको पहिचानका लागि ‘कन्ट्याक्ट टे्सिङ’ र ‘ट्रयाकिङ’ महत्वपूर्ण मानिन्छ । कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुग्दा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितको स्पष्ट ठेगाना खुलाउन प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । संक्रमितसँग सम्पर्कमा आएकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी नहुँदा लुकेर बस्ने संक्रमितको संख्या अत्यधिक बढ्ने भन्दै यो कार्य तत्काल बढाउन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा संक्रमितको अस्थायी र स्थायी ठेगाना स्पष्ट नखुलाउँदा संक्रमित भनिएका जिल्लाका नागरिक अन्योलमा परेका छन् । संक्रमित रहेको स्थान पत्ता लगाई सम्पर्कमा आएकालाई तुरुन्तै आइसोलेसनमा बस्न लगाएर स्वाब संकलन गर्नुपर्ने हुन्छ । राष्ट्रिय सूचना आयोगले संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई गत ६ जेठमा पत्र काटेको थियो । आयोगले जारी गरेको विज्ञप्तिमा संक्रमित र मृतकको ठेगाना फरक फरक हुन सक्ने भएकाले स्पष्ट ठेगाना खुलाउनुपर्ने उल्लेख छ । तर, स्वास्थ्य मन्त्रालयले पत्र कार्यान्वयनमा हेलचेक्र्याई गर्दै आएको छ ।

कोभिड–१९ रोकथामका लागि केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन निर्देशिका २०७७ मा प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम गठन गर्नुपर्ने उल्लेख छ । अहिलेसम्म अधिकांश जिल्लामा समिति नै गठन गरिएको छैन । टिमले शंकास्पद, सम्भावित तथा पुष्टि भएका बिरामीसँग सम्पर्कमा आएका सबैको लाइन लिस्टिङ तयार गर्ने उल्लेख छ । सबै कन्ट्याक्टलाई आवश्यक परामर्श दिने निर्देशिकामा उल्लेख गरिए पनि संक्रमितसँग सम्पर्कमा आएकाको पहिचान गर्न स्वास्थ्य मन्त्रालयलाई हम्मेहम्मे परिरहेको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ६ ‘टी’ ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर अवधारणा अघि सारेका थिए ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ सय ९१ पुगेको छ । शनिबार मात्रै ७५ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ५ सय ९१ पुगेको हो । हालसम्म आरटी–पीसीआर प्रविधिबाट ४५ हजार ९ सय ५७ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यस्तै, कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। देवकोटाले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ७९ जना डिस्चार्ज भइसकेका छन् । राजधानी दैनिक