२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आइतबारको मौसम पूर्वानुमान



अ+ अ-

मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । भने, नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । यसैगरी, महाशाखाले हाल  देशको  पूर्वी र मध्य भूभागमा सामान्य बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी  भूभागहरुमा  सामान्य बदली हुने र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

त्यस्तै, मध्य तथा पूर्वी पहाडी भूभाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा राति भने  देशको  पहाडी  भूभागहरुमा  सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ । 

यसैगरी, मध्य र पूर्वी  भूभागका  केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।