२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप २ सैनिकसहित ५ जनामा कोरोना पुष्टि



अ+ अ-

बारा । नेपालमा मंगलवार थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । बारा जिल्लामा भेटिएका पाँच संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् ।

पचरौता नगरपालिकाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका दुई जना सैनिक र क्वारेन्टाइनमा बस्दै आएका तीन जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।