२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको पश्चिम भेगका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  

पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिएका छन् । 

तसर्थ यसबारे आधिकारिक जानकारीका लागि दिउँसोको पत्रकार सम्मेलन पर्खन निर्देशन आएको जिल्ला स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालले बताएका छन् ।