१४ असार २०८३, आईतवार
,
Latest
शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी भेटिए कोरोना संक्रमित, कुन-कुन जिल्लामा थपिए संक्रमित



अ+ अ-

काठमाडौं । बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिने सबै सप्तरीका हुन् । यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामो कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ । संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन् । नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उहाँले बताउनुभयो ।

अहिले देशभरीका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर १ मा ७३, प्रदेश नम्बर २ मा २ सय २६, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा ११ आइसोलेसनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती प्रदेशमा ११ र गण्डकी प्रदेशमा २ जना निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्र्चाज भएका छन् । बुधबार मात्रै नारायणी अस्पतालबाट २८ जना, कोसी अस्पतालबाट ४ र शुशिल कोइराला पर्खर क्यान्सर अस्पतालबाट २ जना डिस्चार्ज भएका छन् ।

पीपीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ११ हजार २ सय ५२, प्रदेश नम्बर २ मा ६ हजार ५ सय ६९, बागमती प्रदेशमा २४ हजार ६ सय ८० र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा  १७ हजार ४ सय ३९, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ४५ जनाको आरडिटी परीक्षण भएको छ ।

यस्तै गरी प्रदेश नम्बर १ मा १ हजार ८ सय ६८, प्रदेश नम्बर २ मा १२ हजार १ सय ८३, बागमती प्रदेशमा १ हजार ३ सय ९८ र गण्डकी प्रदेशमा १ हजार ९ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २६ हजार ७ सय २९, कर्णाली प्रदेशमा ९ हजार ६ सय ९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ५ सय ८८ गरी देशभरी ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।